माछाले पनि हल गर्न सक्छन् गणितका प्रश्न

माछाले पनि हल गर्न सक्छन् गणितका प्रश्न


सामान्यतया, गणितका प्रश्नहरू मानिसले मात्रै हल गर्न सक्छ । कुनै पनि प्राणीले गणित जान्दछ,बुझ्दछ र गणितका प्रश्नहरू पनि हल गर्न सक्छ भन्ने कुरा अनौठो लाग्नु स्वभाविक हो । तर सत्य हो । मानिस मात्र होइन, पानीमा बस्ने माछाले पनि गणितको समस्या समाधान गर्न सक्छ। हालै जर्मनीको बोन विश्वविद्यालयका वैज्ञानिकहरूले एक अनुसन्धानमा यस्तो दाबी गरेका छन् ।

स्टिङ रे र जेब्रा माबुना सिच्लिड्स नामका दुईवटा माछाले जोड र घटाउ बुझ्नन सक्ने उनीहरुको दावी छ । यसअघि पनि गणित बुझ्न सक्ने जीवहरूको सूचीमा मौरी र केही चराहरूको नाम पनि समावेश छ।

यस्तो छ माछाहरुको स्मरण शक्ति

बोन युनिभर्सिटीका प्राणीविद् भेरा श्लुसेल र उनको टोलीले गरेको अनुसन्धानका अनुसार स्टिङ रे र जेब्रा माबुना सिच्लिडले प्रतीक चिन्न र सम्झन सक्ने क्षमता राख्न सक्छन् । यदि हामीले कुनै पनि नम्बरलाई रङले सुचित गरेमा माछाहरूले त्यस रंगको आधारमा गणितका आधारभूत समस्याहरू समाधान गर्न सक्ने उनीहरुको दाबी छ। अनुसन्धानका क्रममा यी माछाहरूले रंगको आधारमा सबैभन्दा ठूलो र सबैभन्दा सानो संख्या छान्न र संख्यामा एक जोड्न र घटाउन सिकेका थिए। 

यसरी गरियो अनुसन्धान

अनुसन्धानमा विभिन्न नम्बर र साइजका डिस्प्ले कार्डको सहायताले माछालाई दाहिने ढोकासम्म पुग्नुपरेको थियो । अनुसन्धानकर्ताहरुका अनुसार डिस्प्ले कार्डको सहयोगमा उनीहरुले माछालाई गणित बुझ्न तालिम दिएका थिए । तिनीहरूको अगाडि दुईवटा ढोका बनाइएको थियो ।

उदाहरणका लागि, यदि माछालाई ३ वटा निलो स्क्वायर कार्ड देखाइन्थ्यो भने, त्यो सही ढोका हो भन्ने बुझिन्थ्यो। ४ वटा नीलो स्क्वायर कार्ड देखाउँदा, उनीहरूले नम्बरमा एउटा थप्नुपथ्र्यो। यदि कार्डको रंग पहेंलो भएमा, तिनीहरूले सही ढोकामा पुग्न संख्याबाट एक घटाउनुपथ्र्यो।

यस्तो छ माछाको नतिजा

स्टिङ रे माछाहरु संख्या थप्नमा ९४ प्रतिशत र घटाउनमा ८९ प्रतिशत मात्रै मात्र  सफल भएका थिए । अनुसन्धानमा आठ स्टिङ रे र आठ जेब्रा माबुना सिच्लिडहरू समावेश गरिएका थिए। ८ मध्ये ३ स्टिङ रे  गणितका समस्याहरू समाधान गर्न सक्षम भए भने ८ मध्ये ६ सिच्लिडले गणितको अवधारणा बुझे।

Logo