आईजीपी नियुक्त गर्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

आईजीपी नियुक्त गर्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै


नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।

अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा भएको  छ।  

६ चैतमा ५ जना अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा भएका टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य र वसन्त कुँवर, महानिरीक्षक पदको दाबेदारमा रहकाछन्। कुँवर मेरिट लिस्टको एक नम्बरमा छन्।

Logo