मजबुत पर्यटन नीति बनाउन पर्यटन व्यवसायीको माग

मजबुत पर्यटन नीति बनाउन पर्यटन व्यवसायीको माग


पर्यटन व्यवसायीहरुले चिनियाँ पर्यटकको नेपाल बसाई लम्ब्याउन, सडक पूर्वाधारको विकास गर्न र मजबुत पर्यटन नीति बनाउन माग गरेका छन्। 

पर्यटन व्यवसायीहरुले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचिमा राखेकाले नेपाल घुम्न आउने चिनियाँ पर्यटकमा वृद्धि हुने भन्दै बसाई लम्ब्याउन र पूर्वाधार निर्माणमा जोड दिन माग गरेका हुन्।

कोभिड-१९ महामारीको कारण चीन सरकारले चिनियाँ नागरिकलाई विदेश घुम्न रोक लगाएको थियो। तर केही दिनअघि मात्रै चीन सरकारले आफ्ना नागरिकका लागि नेपाललाई गन्तव्य मुलुकको दोस्रो सूचिमा राखेको छ।

चिनियाँ नागरिकका लागि गन्तव्य मुलुकको पहिलो सूचिमा थाइल्याण्ड लगायत अन्य मुलुक परेका छन् । नेपालमा सन् २०१९ सम्म चिनियाँ पर्यटकको आगमन उल्लेख्य मात्रामा रहेको थियो ।

तर कोरोना महामारीको कारण चिनियाँ पर्यटक आगमन कम हुँदै आएको छ । पर्यटन व्यवसायीहरुले प्रतिक्रिया दिँदै निजी क्षेत्र नेपाल आउने पर्यटकहरुलाई सेवा दिनको लागि भौतिक संरचना लगायत अन्य सेवाका लागि तयारी अवस्थामा रहेको बताए ।

पर्यटन व्यवसायी सुदर्शन नेपालले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचिमा राखेकाले नेपालले हवाई उडानलाई नियमित सिधा उडान सेवा थप बिस्तार गर्नुपर्ने बताए ।

उनले नेपालमा आउने चिनियाँ पर्यटकको नेपाल बसाइलाई बढाउनको लागि गन्तव्य स्थानको भौतिक संरचना बनाउन आवश्यक रहेको बताए । उनले चिनियाँ पर्यटक आउँदा होटल, गाइडहरुले प्रत्यक्ष रुपमा लाभ लिनुका साथै नेपाली उत्पादनहरु समेत बढी खपत हुने र चिनियाँ नागरिकहरु समूहमा घुम्न रुचाउने तर सरकारले विदेश जान रोक लगाएकाले विदेशमा पर्यटक बनेर घुम्ने मौका कम भएपनि अब चीन सरकारले नै बाहिरी देश जान अनुमति दिएसँगै नेपालमा आउने चिनियाँ पर्यटकमा विगतको भन्दा वृद्धि हुँदै जाने अपेक्षा गरे । 

त्यस्तै,अर्का होटल व्यवसायी अभिषेक साहले सरकारले चीनका पर्यटक ल्याउनको लागि नियमित रुपमा चीन-नेपाल हवाई उडानको व्यवस्था गर्नुपर्ने बताए । उनले सरकारले निजी क्षेत्रले चार्टर उडानको व्यवस्था गर्न सक्ने गरी सरकारले सहजिकरण गर्नु सक्नुपर्ने बताए । 

व्यवसायी साहले नेपालमा घुम्नको लागि चीनले खुला गर्नु नेपाली पर्यटन व्यवसायीको लागि खुशीको विषय भएको उल्लेख गर्दै उनले  नेपाल आउने पर्यटकहरुलाई सेवा दिनको लागि निजी क्षेत्र तयारी अवस्थामा रहेको बताए । 
 

Skip This
Logo