एआईजीमा बढुवामा चार जना सिफारिस, भण्डारीको नाम पहिलो नम्बरमा

एआईजीमा बढुवामा चार जना सिफारिस, भण्डारीको नाम पहिलो नम्बरमा


गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ।  

सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। 

६८.४६१२ नम्बर सहित सन्दिप बढुवा सिफारिसको पहिलो  नम्बरमा परेका  छन् । दोस्रो ६८.२११२ नम्बर सहित सिफारिसमा सुदिप सुदिप गिरी परेका  छन्। तेस्रो नम्बरमा सिफारिसमा परेकी मिराको ६७.८३०६ र चौथो स्थानमा रहेका टेकबहादुरले ६७.६९७३ नम्बर पाएका छन् ।

 

Logo