रसुवागढी-केरुङ दुईतर्फी व्यापार पूर्ण रूपमा सञ्चालन गर्ने सहमति

रसुवागढी-केरुङ दुईतर्फी व्यापार पूर्ण रूपमा सञ्चालन गर्ने सहमति


रसुवागढी-केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल-चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको हिजाे बसेको पहिलो बैठकमा सो सहमति भएको हो ।

सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढी केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र जनता–जनताको आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्ने सहमति भएको त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ । यसै गरी तातोपानीरझाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी/पुलाङबाट मानव आवागमन सन् २०२३ मे १ (२०८० वैशाख १८ गते) देखि सुचारु हुनेछ ।

Logo