रसुवागढी-केरुङ दुईतर्फी व्यापार आजदेखि पूर्णरूपमा सञ्चालन हुँदै

रसुवागढी-केरुङ दुईतर्फी व्यापार आजदेखि पूर्णरूपमा सञ्चालन हुँदै


रसुवागढी-केरुङ नाका शनिबारदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । 

गत बुधबार बसेको नेपाल-चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकले रसुवागढी-केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र मानव आवतजावतका लागि पूर्णरूपमा सञ्चालन गर्ने सहमति गरेको थियो। 

बैठकमा सीमापार व्यापार र जनताबीचको आवतजावतलाई अधिकतमस्तरमा सुरु गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधार, सीमा व्यापार र सहकार्यमा सहयोगको नयाँ बाटो खोज्नेलगायत विषयमा छलफल भएको थियो ।

कोरोना महामारीपछि लामो समय बन्द रहेको यो नाका अहिले आंशिक रूपमा सञ्चालन भइरहेको छ। सिन्धुपाल्चोकको तातोपानी नाका पनि मे १ देखि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ। 

Skip This
Logo