आजकाे मौसम कस्तो रहला ?

आजकाे मौसम कस्तो रहला ?

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । हाल  नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भू-भागको  मौसम  मुख्यतया  सफा  रहेको  छ  ।

आज दिउँसो  सुदूरपश्चिम र लुम्बिनी  प्रदेश सहित  देशका  पहाडी  भू-भागमा  आंशिक  बदली  रही  बाँकी  भूभागमा  मौसम  मुख्यतया  सफा  रहने  छ।

राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश सहित  देशका  पहाडी  भू-भागमा  आंशिक  बदली  रही  बाँकी  भू-भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ।  गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  एक–दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।

Logo