वर्षाका कारण हवाई उडान प्रभावित

वर्षाका कारण हवाई उडान प्रभावित

केन्द्रबिन्दु
686
Shares

काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।

काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका विराट्नगर र सिमरालगायत गन्तव्यको उडान प्रभावित भएका छन् ।

खराब मौसम तथा कम भिजिविलिटीका कारण आजका उडानहरू प्रभावित भएका बुद्ध एअरले जनाएको छ । पश्चिममा धनगढी, नेपालगञ्ज र भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरू सुचारु रहे पनि अन्य गन्तव्यहरूमा उडान हुन नसकेको कम्पनीले जनाएको छ ।

विमानस्थल प्रशासनका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले केही विमानसथलमा हवाई सुचारु रहे पनि माउनटेन फ्लाइटहरू रद्द भएका छन् । मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन् । अन्तरराष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावले देशभर वर्षा भइरहेको छ । जसकारण हवाई तथा सडक यातायात प्रभावित भएको छ ।

Skip This
Skip This
Logo