हरिद्वारमा पुगेर पूर्वराजा ज्ञानेन्द्रले भने – ‘बाह्य दबाबले हाम्रो धर्ममा ह्रास आयो’

हरिद्वारमा पुगेर पूर्वराजा ज्ञानेन्द्रले भने – ‘बाह्य दबाबले हाम्रो धर्ममा ह्रास आयो’


पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्य दबाब र प्रभावले हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको बताएका छन्। महाकुम्भमेलाको अवसर पारेर भारतको हरिद्वार पुगेका पूर्वराजा शाहले सांस्कृतिक अतिक्रमणविरुद्ध एकजुट भई पूर्वीय दर्शन र धर्मको रक्षा गर्नुपर्ने धारणा राखेका छन्।

‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘के नेपाल सानो छ ?’ भन्ने निबन्ध पढेको थिएँ, बडो  चिन्तनाका साथ हाम्रो आर्य सभ्यताको महत्व खिइँदै गएको कुरामा उहाँले निबन्ध लेख्नुभएको थियो,’ उनले सन्देशमा भनेका छन्, ‘कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको साँचो हो।’

अहिलेको अवस्थामा धर्म बचाउन र संस्कृतिको रक्षा गर्न अति जरुरी भएको विचार उनले राखेका छन्। ‘अब हामीले हाम्रो धर्म बचाउनुछ, हाम्रो संस्कृतिको रक्षा गर्नुछ। हाम्रा मठमन्दिर, देवस्थल र धामहरुको विकास गर्नुछ,’ उनले भनेका छन्, ‘हाम्रा गंगा नद नदीहरुको प्रवाह स्वच्छ पार्नुछ।’ हिन्दु सभ्यता, हिन्दुत्व र आर्य संस्कृति मानव जीवनका लागि महत्वपूर्ण रहेका उनको भनाइ छ।

Logo