सुदूरपश्चिम प्रदेश सरकारको नीति कार्यक्रम पारित

सुदूरपश्चिम प्रदेश सरकारको नीति कार्यक्रम पारित


सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रमको पक्षमा बहुमत रहेको जानकारी दिँदै नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे ।

यसअघि नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलमा आएका सुझावलाई मनन गरी बजेटमा समेटिने र बजेट बिनियोजनमा कुनै भेदभाव नराखिने बताए ।

देशमा विकासको ‘मोडेल’ केहो भन्ने कुरा अहिलेसम्म ठोेसरूपमा आउन नसकेको बताउँदै मुख्यमन्त्रीले भट्टले भने, “विकासको मोडेल स्पष्ट ढङ्गले नबनाइकन विकास गर्न कठीन छ ।” उहाँले देशको पछिल्लो राजनीतिक परिस्थितिले सत्तापक्ष र प्रतिपक्षभन्दा पनि प्राप्त उपलब्धि जोगाउँदै विकासका लागि एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

Logo