मेलम्ची बाढी : कम्तीमा ६ जना बेपत्ता : प्रजिअ पोखरेल

मेलम्ची बाढी : कम्तीमा ६ जना बेपत्ता : प्रजिअ पोखरेल


सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढी पहिरोले कम्तीमा ६ जना बेपत्ता भएका छन्।
प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले स्थानीयहरूले मेलम्चीमा आएको बाढीले उनीहरू बेपत्ता भएको जानकारी दिएको बताए।

उद्दार कार्य भने रातको समय भएकोले प्रभावित भएको उनको भनाइ छ। ‘एक जना ट्राउट माछा भएको क्षेत्रमा काम गर्दागर्दै बगेर बेपत्ता भएको जानकारी छ, अन्य ५/६ जना पनि बेपत्ता भएको भनिएको छ’, उज्यालो हुञ्जेल उद्दार कार्य भयो, अँध्यारोमा सम्भव भएन’ प्रमुख जिल्ला अधिकारी पोखरेलले केन्द्रविन्दुलाई भने, ‘३०/४० मिनेट आएको बाढीले वितण्डा मच्यायो।’
उनका अनुसार मेलम्चीमा रहेको सशस्त्र प्रहरीको ब्यारेकसहित विभिन्न भौतिक संरचनामा पनि बाढीले क्षति पुर्‍याएको छ।

बाढीका कारण तिम्बु बजार बगाएको छ। यसअघि नै बाढीको सम्भावना रहेको भन्दै मेलम्ची क्षेत्रका मानिसहरूलाई सतर्क रहन भनिएकाले क्षति कम भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

Logo