नक्कली पत्रकार र कर्मचारी पक्राउ

नक्कली पत्रकार र कर्मचारी पक्राउ


आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-७ बस्ने ५६ वर्षीय पुष्प प्रसाद सिग्देल र सुनसरी इटहरी उपमहानगरपालिका-६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहानलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले हामी वनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नु अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भनी डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाइ ठगी गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी उनीहरूलाई रतुवामाई नगरपालिका-१० स्थित माईवेनी मिलबाट पक्राउ गरेको हो ।

साथै उनीहरूको साथबाट सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचारपत्र लेखिएको १ थान रसिद प्याड, उठाएको रकम अभिलेख भएको १ थान डायरी, १ थान कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचयपत्र, १ थान जनमत साप्ताहिकको सम्वाददाता परिचयपत्र, १ थान बराह साप्ताहिकको सम्वाददाता परिचयपत्र समेत प्रहरीले बरामद गरिएकाे प्रहरीले जनाएकाे छ । 

Skip This
Logo