राससको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई नियुक्त

राससको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई नियुक्त


राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारप्रविधि मन्त्रालयले जनाएको छ ।

धनकुटा, शहीदभूमि गाउँपालिका वडा नं ३ निवासी राईले २०५५ सालदेखि धरानबाट निस्कने न्यूज टाइम्स साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए ।  लामो समय धनकुटामा रही मोफसल र त्यसपछि केन्द्रमा रहेर उनले पत्रकारिता गरेका थिए ।

उनले केन्द्रबाट निस्कने नेपाल समाचारपत्र राष्ट्रिय दैनिक हुँदै नागरिक दैनिकमा काम गरिसकेका छन् ।  नागरिक दैनिकमा जिल्ला ब्युरो रहेका उनी अहिले काठमाडौंबाट प्रकाशन हुने देखापढी डटकममा सम्पादकका रुपमा काम गरिरहेका छन् ।

Logo