आजदेखि आन्तरिक तर्फको उडान नियमित

आजदेखि आन्तरिक तर्फको उडान नियमित


कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढेसँगै बन्द भएको आन्तरिक उडान दुई महिनापछि आजदेखि खुलेकाे छ । 

मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा सुरु गर्ने निर्णय गरेको हो ।

उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छैन । हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ ।

बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ । यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान पाएको छ ।

Logo