आज राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

आज राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ । संघीय संसद भवन बानेश्वरमा बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको छ।

आज बैठकको सुरूमा अध्यक्षले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउनेछन्।

त्यसपछि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र सपथ सम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।

मुलुकको तल्लो सदन प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा माथिल्लो सदनको अधिवेशन औपचारिकता र बाध्यतामै सिमित हुने संभावना छ । अघिल्लो पटक संसद विघटन गर्दा बेलाईएको राष्ट्रिय सभाको सातौं अधिवेशन पनि औपचारिकतामै सिमित भएको थियो ।

राष्ट्रिय सभामा हाल १९ वटा विधेयक रहेका छन् । कोरोना संक्रमणको अवस्थालाई ध्यान दिएर बैठकमा सहभागी हुने सदस्य, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार संकलनका लागि जाने पत्रकारहरुको एन्टिजेन बुधबार परिक्षण गरिएको छ ।

Logo