१० असोज २०७८ आइतबार

0 Shares

महामारी नियन्त्रणमा इयूको सहयोग हुन्छ : राजदूत डिप्रेज

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले शिष्टाचार भेट गरेकी छन् ।

उपसभापति निधिको निवास नयाँ बानेश्वरमा मंगलबार भएको भेटमा राजदूत डिप्रेजले नेपालमा कोरोना महामारी नियन्त्रणमा इयूको तर्फबाट आवश्यक सहयोग गर्ने बताएकी थिइन् । 

उनले प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विकासमा आफूहरूले सहयोग गर्ने बताएको उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

प्रकाशित: २० साउन २०७८ ०८:२६ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी