१७५ किलो गाँजासहित दुई जना पक्राउ

१७५ किलो गाँजासहित दुई जना पक्राउ


प्रहरीले मकवानपुरबाट एक सय ७५ केजी गाँजा र ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको भीमफेदी गाउँपालिका–९ का ३१ वर्षीय मोहन स्याङ्तान र थाहा नगरपालिका–३ का २४ वर्षीय प्रशान्त कार्की रहेका छन्। 

विशेष सूचनाका आधारमा मकवानपुर प्रहरी प्रमुख उपरीक्षक सोमेन्द्रसिं राठौरको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौंडा–११, थानाभर्‍याङस्थित पूर्वपश्चिम राजमार्ग नजिकै ग्यारेजमा मर्मत गरिरहेको अवस्थामा गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

 

 

 

 

मकवानपुरको पालुङबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेको ना.३ ख ५९५० नम्बरको ट्रक बिग्रेर उक्त स्थानमा मर्मत भइरहेको थियो । प्रहरीले ट्रकलाई जाँच गर्दा फल्स बटम बनाइ लुकाएर ल्याएको गाँजा फेला परेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरपीक्षक राठौरले जानकारी दिए ।

Skip This
Logo