लमजुङमा ७४ जनाले गरे रक्तदान

लमजुङमा ७४ जनाले गरे रक्तदान


६६औँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीय बासिन्दा गरी ७४ जनाले रक्तदान गरेको बताए । 

जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजना तथा जिल्ला अस्पताल लमजुङ, नेपाल रेडक्रस सोसाइटी लमजुङ-चितवन र लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाईको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

प्रहरीले दिवसकै अवसरमा रक्तदान, वृक्षरोपण र 'तपाईँको मास्क खोई अभियान', दौड प्रतियोगिता, जिल्ला प्रहरी कार्यालयमा स्वास्थ्य शिविर सार्वजानिक महत्वका धार्मिक स्थलको सरसफाई गर्ने र पाउदीमा रहेको सर्वोदय सेवाआश्रममा खाद्यन्न वितरण लगायतका कार्यक्रम सञ्चालन गरिएकाे छ ।

 

Logo