1
1
1
1
1
0
Shares

उर्मिला थेबेद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

1
1
1
1
1
1
1
1

नेकपा एमालेकी प्रदेश १ नम्बर प्रदेश कमिटी सदस्य उर्मिला थेबेले केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेकी हुन् । २०६२र६३ सालदेखि नेकपा एमाले ताप्लेजुङको सदस्य रहेकी उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको केन्द्रबिन्दुलाई जानकारी दिए ।

उनले भनिन् ‘२०४० देखि पार्टीको राजनीतिमा सक्रिय छु । ताप्लेजुङमा हाल पनि जनप्रतिनिधिको रूपमा काम गरिरहेकी छु । मैले पार्टीलाई दिएको योगदान अनुसार आफू केन्द्रीय कमिटीमा जान योग्य छु भन्ने लागेर केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषण गरेकी हुँ ।’

उनी अखिल नेपाल महिला संघकी केन्द्रीय सचिवालय सदस्य समेत हुन् ।

प्रकाशित: ११ मंसिर २०७८ १४:५९ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी