सरकार र नीजि क्षेत्रबीच मिसम्याच भइरहेको छः बिष्णु अग्रवाल (भिडियाे)

सरकार र नीजि क्षेत्रबीच मिसम्याच भइरहेको छः बिष्णु अग्रवाल (भिडियाे)


कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवन सँगै देशको अर्थतन्त्र पनि बिग्रेको विश्लेषण हुन थालेको छ । सरकारको आधिकारिक धारणामा अर्थतन्त्र सबल नै छ भन्ने छ तर सरोकारवाला सबै खस्किँदै गएको भनेर धारणा सार्वजनिक गरिरहेका छन् ।

बैंक वित्तीय संस्थामा देखिएको तरलताको चाप, खुद्रा बजार व्यवसायमा देखिएको महँगी/मूल्य वृद्धि, ठप्प जस्तै देखिएको विकास निर्माणको कामले देशको अर्थतन्त्र सबल भएको संकेत गर्दैन । यसै सन्दर्भमा उद्योगी व्यवसायीहरूको एउटा छाता संस्था नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालसँग संवाद गरेका छौ । संवादमा अध्यक्ष अग्रवालले निरन्तरको बन्दाबन्दी खेपेको उद्योग व्यवसाय तङग्रिन नपाउँदै पछिल्लो संक्रमणको जोखिमले थला पार्ने अवस्थामा लैजाने टिप्पणी गरे । साथै अहिले सबै उद्योगी व्यवसायीको मनोबल गिरेको अवस्था रहेको बताए । मुलुकमा बढ्दो शोधानान्तर घाटा कम गर्ने केही नयाँ उपाय ल्याउन आवश्यक रहेको अध्यक्ष अग्रवालले बताए ।

अब बजार पसल उद्योग–धन्दा कल–कारखाना कुनै पनि बहानामा बन्द नगरी निरन्तर चल्न दिनुपर्ने बताए । ‘कोभिडसँग सँग–सँगै’ भनेर स्वास्थ्य सुरक्षाका मापदण्डमा सम्पूर्ण गतिविधि सञ्चालन गर्न सके आर्थिक अवस्थामा सुधार ल्याउन सक्ने अध्यक्ष अग्रवालले बताए प्रस्तुत छ पाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालसँग गरिएको संवादको सम्पादित अंश ।

 

Logo