ई-सेवाको १३ वर्षे यात्राः ‘करिब ६० लाख खाता’ (भिडियाे)

ई-सेवाको १३ वर्षे यात्राः ‘करिब ६० लाख खाता’ (भिडियाे)


डिजिटल रूपमा भुक्तानी सेवा दिँदै आएको निजी कम्पनी ‘ई सेवा’ १३ वर्ष पुरा गरी १४औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ई सेवाले यो अवधिमा नगद रहित अर्थतन्त्र निर्माणको बाटोमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सफल भएको छ । 

यो १३ वर्षको अवधिमा ई सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ६० लाख पुगेको छ । बिजुलीको महसुल भुक्तानी इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न ई सेवाले सजिलो बनाएको छ । यसै सन्दर्भमा हामीले ई सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटासँग संवाद गरेका छौँ । 

संवादको क्रममा प्रमुख कार्यकारी अधिकृत सापकोटाले विभिन्न सेवा प्रदायक संस्थाको सेवा लिन लाग्ने लाइनलाई धेरै हद सम्म कम गराउन पाएकोमा खुसी व्यक्त गरे । नेपाल हस्तलिखितबाट कम्प्युटराइज अनि कम्प्युटराइजबाट डिजिटलाइज हुने चरणमा रहेकोले सबै क्षेत्र यसमा लाग्नु पर्ने बताए । नेपाललाई डिजिटल नेपाल बनाउन युवा समूहको महत्त्वपूर्ण भूमिका रहने भएकोले सरकारका धेरै कार्यक्रम युवामा लैजानुपर्ने आवश्यकता रहेको बताए । प्रस्तुत छ ई सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटासँग गरिएको संवादको सम्पादित अंश ।

 

Skip This
Logo