विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा हालसम्म निषेधाज्ञा उल्लंघन गर्ने १ लाख १ हजार २६४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तीमध्ये ३३ हजार ३ सय ७८ वटा गाडी र ६७ हजार ८ सय ८६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत हालसम्म ४ लाख ४२ हजार ३०१ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने हालसम्म २२ हजार ५ सय ३७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २२ लाख १५ हजार ५२९ रुपैयाँ जरिवाना गरिएको छ । साथै ३ लाख ६ हजार २६८ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।
प्रतिक्रिया