बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका वडा नं १ ठेगाना भई हाल ललितपुर महानगरपालिका वडा नं १५ कुमारीपाटी बस्ने ३७ वर्षीय रन्जित खड्का रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

बैंकिङ कसूर मुद्दामा २० लाख ५० हजार रूपैयाँ विगो ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध महाशाखा मिनभवनबाट  खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी  परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

Logo