१२ असोज २०७९ बुधबार
1
1
1
1

जाजरकोटबाट पेस्तोल र ग्रिनेटसहित एक जना पक्राउ

1
1
1
1

जाजरकोटबाट पेस्तोल र ग्रिनेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कर्तव्य ज्यान मुद्दामा वारदात पछि फरार रहेका नलगाड नगरपालिका वडा नं ५ ऐरारी बस्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले उनलाई एक थान ग्रिनेट, एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली सहित पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा २०७३ चैत १५ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

निगरानी

प्रकाशित: ६ असोज २०७९ १५:४६ बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी