मापसे गरी एम्बुलेन्स चलाउँदा दुर्घटना

मापसे गरी एम्बुलेन्स चलाउँदा दुर्घटना


बैतडीमा शनिबार बेलुका बिरामी बोकेको सरकारी एम्बुलेन्स दुर्घटनामा परेको छ । 

महाकाली राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका २ सिन्केलेक नजिक दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । दार्चुलाको महाकाली नगरपालिकाको सुदूरपश्चिम प्रदेश ०२००१ झ १२२ एम्बुलेन्स बिरामी बोकेर धनगढीतर्फ जाने क्रममा शुक्रबार बेलुका ७ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर उक्त एम्बुलेन्समा बिरामी भएर उपचारको लागि धनगढी जाँदै गरेकी महाकाली नगरपालिका ३ की ६५ वर्षीया भागरथी भट्ट घाइते भएकी छन् । यस्तै एम्बुलेन्समा रहेका सोही ठाउँका शंकर प्रसाद भट्ट र  तिलक प्रसाद भट्टको अवस्था सामान्य छ । उक्त एम्बुलेन्समा रहेका उनीहरुलाई अर्को एम्बुलेन्समार्फत धनगढी पठाइएको छ । 

दुर्घटनामा परेको एम्बुलेन्स र चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ३ ठिमका ३६ वर्षीय जनक सिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाग्रस्त एम्बुलेन्स सडकबाट अनियन्त्रित भएर नालीमा खसेको हो ।चालक धामीले मापसे गरेर एम्बुलेन्स चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

Skip This
Logo