1
1
1
1
1
0
Shares

ब्राउन सुगरसहित धनुषाबाट दुई जना पक्राउ

1
1
1
1
1
1
1
1

धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । 

सशस्त्र प्रहरीले जिल्लाको बिदेह नगरपालिका वडा नं १ महिनाथपुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका युवक युवतीलाई हेलमेटमा ब्राउन सुगर राखेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको कर्जना नगरपालिका वडा नं ३ थाना चौक वस्ने २३ वर्षीय महादेव मण्डल र कर्जना नगरपालिका वडा नं २ बन्दीपुर छगरिया वस्ने १९ वर्षीया अस्मिता खत्री रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स ६ प ८०८६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँत गर्दा मण्डलले लगाएको हेलमेटबाट १६.८५ ग्राम ब्राउन सुगर बरामद भएको हो । पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय खजुरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

निगरानी

प्रकाशित: १० असोज २०७९ १७:५१ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी