1
1
Kendrabindu - News & Articles from Nepal

बाजुरामा मतदानमा भएको विवादलाई लिएर विद्यार्थी नेताको विभत्स हत्या

1
1
1
1
1
1
1

बाजुरामा आक्रमण गरेर एमालेका विद्यार्थी नेताको हत्या गरिएको छ । 

आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ । बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी सुर्य थापाका अनुसार गाउँपालिकाको वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको हो । अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् ।

कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको डीएसपी थापाले जानकारी दिए । आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो । उनी नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।

प्रकाशित: ५ मंसिर २०७९ ०७:३३ सोमबार

1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी