वैतडी युवती हत्या प्रकरणमा सशस्त्रका जवानको नाममा किटानी जाहेरी

वैतडी युवती हत्या प्रकरणमा सशस्त्रका जवानको नाममा किटानी जाहेरी


पञ्चेश्वर गाउँपालिका ४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ ।

मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका(४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् ।किटानी जाहेरीको आधारमा ती व्यक्तीको खोजी कार्य तिव्र पारिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका ६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । 

यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीको रुद्रघण्टीभन्दा माथि धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेट्टिएकी थिइन्। घाँटीमा धारिलो हतियार प्रहार भएर रक्ताम्मे अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा  फेला परेकी हुन् ।  उनको डडेल्धुरा अस्पतालमा  उपचार भइरहेको छ।  घाइते रहेकी नेहाले दिएको बयानका आधारमा ती व्यक्ति घटनामा संलग्न रहेको खुलेको हो । 

माया र नेहा मंगलबार घरबाट लुगा सिउन भनि पञ्चेश्वरकै कुँलाउ भन्ने स्थानमा हिडेकी र बुधबारसम्म पनि घर नफर्केपछि  घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार मायाको हत्या र नेहा गम्भीर घाइते अवस्थामा भेट्टिएकी हुन् ।

फरार रहेका भरतको र मायाको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने खुलेको छ । प्रेम सम्बन्धमा रहेका माया र भरतको बिहे गर्ने समेत तयारी थियो । बिदामा घर आएका भरतले केहि दिन अगाडि मायाको मोबाइल नियन्त्रणमा लिएका थिए । मंगलबार मोबाइल लिन भनि बोलाएका बेला मायाको हत्या भएको हो । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कु लगायतका सामग्री बरामद गरेको छ । मायाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा परीक्षणपश्चात् आफन्तलाई बुझाइएको छ । परीक्षण रिपोर्ट सार्वजनिक गरिएको छैन । 
 

Logo