एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु


दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका १३ दारेबोट चोकमा गएराति एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १० नारायणपुरका ४५ वर्षीय पूर्ण पुन मगर रहेका प्रहरीले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि भैरहवा पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

रोल्पाबाट घोराही आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट जाँदै गरेको मोटरसाइकललाई गएराति ९ बजे ठक्कर दिएको थियो । एम्बुलेन्स सहित चालकलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । 

Logo