विदेशी ब्राण्डको नक्कली मदिरा बनाउने तीन जना पक्राउ

विदेशी ब्राण्डको नक्कली मदिरा बनाउने तीन जना पक्राउ


ललितपुरमा बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ परेका छन् ।

प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्न रहेकालाई पक्राउ गरेको हो । यस्तै, उक्त कम्पनीमा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको पाइएको छ ।

विशेष सूचनाका आधारमा उपत्यका प्रहरी कार्यालयको टोलीले दोलखाको कालीञ्चोकका निरज पौडेलसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना सञ्चालक र दुई जना विक्रेता छन् । नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Logo