श्रीमतीको हत्या गरेको आराेपमा एक पुरुष पक्राउ

श्रीमतीको हत्या गरेको आराेपमा एक पुरुष पक्राउ


आफ्नै श्रीमती ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको आराेपमा अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ज्ञानबहादुर श्रेष्ठ पक्राउ परेका छन् । 

५५ वर्षीय ज्ञानबहादुरले मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरी खाडलमा पुरेको भन्ने सुचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय भोजपुर ईलाका प्रहरी कार्यालय तिवारिभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo