होलीमा उच्छृंखल गतिविधि रोक्न प्रहरीले बनायो सुरक्षा व्यवस्था कडा

होलीमा उच्छृंखल गतिविधि रोक्न प्रहरीले बनायो सुरक्षा व्यवस्था कडा


रुपन्देहीमा होलीको अवसरमा हुन सक्ने उच्छृंखल गतिविधि रोक्न रुपन्देही प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । होली पर्वलाई मर्यादित र ब्यवस्थित बनाउन सुरक्षा ब्यवस्थालाई थप कसिलो बनाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

सभा तथा कार्यक्रमहरु गरी भीडभाड गर्ने, जवरजस्ती रंग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृंखल गतिविधि हुने हुदाँ सो कार्य रोक्न प्रहरी प्रशासनको जिम्मेवारीअनुरुप सुरक्षा व्यवस्था कडा पारेको जनाइएको छ ।  होली पर्वलाई लक्षित गर्दै १२ सय प्रहरी परिचालित भएको जनाइएको छ ।

Skip This
Logo