एमालेको ग्राट रुट अभियानमा सहभागी हुन जाँदा एकको मृत्यु

एमालेको ग्राट रुट अभियानमा सहभागी हुन जाँदा एकको मृत्यु


नेकपा एमालद्धारा सञ्चालिन ग्रास रुट अभियानमा भाग लिन जाँदै गर्दा प्युठानमा एकजनाको दुर्घटनावाट मृत्यु भएको छ ।

 माण्डवि गाउँपालिका – ५ आपचौरमा जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ गोपाल थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार बाटोमा काम गरिरहेको जेसीबीमा मोटरसाइकल ठोक्किदा ऐरावती –२ टिकुरी बस्ने गोपाल भनिने रामबहादुर थापाको मृत्यु भएको हो । सो मोटरसाइकलमा सबार कमला भुसाल भने घाइते भएकी छिन । घाइते भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल ‘मिसन ग्रास रुट’ कार्यक्रमका लागि  रानिबगरमा आयोजना भएको वडास्तरिय कार्यक्रममा सहभागी हुन जाँदै थिए । उक्त घटना पछि एमालेले कार्यक्रम स्थगित गरेको छ ।

Logo