नियम विपरीत सञ्चालित तीन क्रसर उद्योगमाथि कारबाही

नियम विपरीत सञ्चालित तीन क्रसर उद्योगमाथि कारबाही


गौशाला नगरपालिका कानुन विपरीत सञ्चालनमा रहेको तीनवटा क्रसर उद्योगलाई कारबाही गरिएको छ। 

गौशालाको मरहा नदीको तटमा सञ्चालित उक्त क्रसर उद्योगहरूलाई कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा सिद्धार्थ क्रसर उद्योग, एभरेस्ट क्रसर उद्योग र जय हनुमान क्रसर उद्योग रहेका छन् । 

लामो समयदेखि नगरपालिकाको राजश्व शाखामा राजश्व नबुझाएको, मापदण्ड विपरीत सञ्चालनमा रहेको र ईजाजतपत्र तथा नवीकरण नगराएकाले कारबाही गरिएको गौशाला नगरपालिकाले जनाएको छ । 

Logo