मोरङमा श्रीमतीको हत्या गरि फरार रहेका बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरीले आज पक्राउ गरेको छ । उनले आफ्नै श्रीमती ५३ वर्षीया देबि महतको हत्या गरेका थिए ।
घरायसी वादविवादको कारण हेम कर्णले आफ्नै श्रीमतीलाई गत २५ फागुनमा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पथरी शनिश्वरे नगरपालिका-१० स्थित पश्चिम बसपार्कबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित: ३ चैत २०७९ १४:४० शुक्रबार