पोखरामा १५ हजार घुससहित सव–इन्जिनियर पक्राउ

पोखरामा १५ हजार घुससहित सव–इन्जिनियर पक्राउ


पोखरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२८ को  कार्यालयमा कार्यरत सव–इन्जिनियर प्रविन वि.क रहेका छन् । उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । 

बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेपछि अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

उनलई १५ हजार घुस लिइसकेको अवस्थामा वडा नम्बर १४ चाउथेबाट शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo