शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष घुससहित पक्राउ

शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष घुससहित पक्राउ


रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्ष घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरूपयोग अनुसनधान आयोगकाे टाेलीले बिहीबार प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादवसहित बिचौलिया विनोद भरलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेकाे हाे ।  

घाटगद्दीमा रहेको नदीजन्य पदार्थ बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि मरासिनी र यादवले सेवाग्राहीसँग ५० हजार घुस माग गरेको आरोप छ । हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

Skip This
Logo