नक्कली शरणार्थी प्रकरणमा सचिव पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

नक्कली शरणार्थी प्रकरणमा सचिव पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति


उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई अदालतले हिरासतमा थप ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।

नक्कली भूटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगी आरोपमा पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत, काठमाडौंले आइतबार थप अनुसन्धानका गर्नका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

यसअघि अदालतले सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । 

शरणार्थी प्रकरणमा अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् । पूर्वमन्त्री टोपबहादुर रायमाझीको खोजी भइरहेको छ भने उनका छोरा सन्दीपलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । साथै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरिसकेको छ भने उनका छोरा प्रतिकलाई पनि पक्राउ पुर्जी जारी भएको छ । 

Logo