शरणार्थी प्रकरणकाे अनुसन्धान प्रतिवेदन प्रहरीले आज नबुझाउने

शरणार्थी प्रकरणकाे अनुसन्धान प्रतिवेदन प्रहरीले आज नबुझाउने


नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असूली गर्ने गिरोहबारे गरेको अनुसन्धान प्रतिवेदन प्रहरीले आज नबुझाउने भएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडाैँले बुधवार साँझसम्म प्रतिवेदन बुझाउन निर्देशन दिएपनि अनुसन्धान नसकिएको भन्दै सो समय सीमाभित्र प्रतिवेदन नबुझाउने निर्णय भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए । 

हालसम्म यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत १४ जना थुनामा छन् । अदालतले पूर्वगृहमन्त्री  रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ । उनी फरार छन् ।

उनीहरुमाथि ठगी र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Logo