1
0
Shares
सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

1
1
1

झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि लगेकाेमा जिल्ला अदालत काठमाडौंले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेकोे थियो ।

यस प्रकरणमा हालसम्म पक्राउ पर्नेमा २३ जना नेपाली र नौ जना विदेशी रहेका छन् । 

प्रकाशित: २७ भदौ २०८० १६:३४ बुधबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी