राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश–२०७८ पेश

राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश–२०७८ पेश


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश–२०७८ पेश गरिएको छ । 

शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । 

तर एमाले सांसदहरुको अवरोधकाबीच गृहमन्त्री बालकृष्ण खाणले सो अध्यादेश पेश गरेका थिए । 

त्यसैगरी बैठकले संविधानसभा सदस्य जुठबहादुर खड्गी (जेबी टुहुरे) र अर्का संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ । 

सो प्रस्ताव पारित गर्नु अघि एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदहरु संसदहरुलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराए ।

दाहालले लोकतन्त्रलाई मास्ने काम, दलीय प्रणालीलाई दललाई कमजोर पार्ने काम सरकार, प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोग मिलेर लागेकाले त्यसको विरोधमा बैठक अवरुद्ध गर्नु परेको स्पष्ट पारे । 

राष्ट्रियसभाको अर्को बैठक आगामी भदौ २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 
 
 

Skip This
Logo