प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच छलफल चल्दै

प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच छलफल चल्दै


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशहरुबीच अहिले छलफल भइरहेको छ ।

न्यायपालिकामा देखिएको समस्या र नेतृत्वमाथि उठेका प्रश्नमा आफ्नो धारणा राख्न असन्तुष्ट न्यायाधीशहरू प्रधानन्यायाधीश चेम्बरमा पुगेका हुन् ।

प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै न्यायाधीशहरू विद्रोहमा उत्रिएपछि सर्वोच्च अदालतको कामकारबाही प्रभावित भएको छ । इजलास बस्न सकेको छैन ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच भेटघाट तथा छलफल भइरहेको बताए । उनका अनुसार छलफलमा सबै न्यायाधीश सहभागी छन् ।

मन्त्रिमण्डलमा भाग लिएको, संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा सुनुवाइ रोकेको, स्वचालित विधि अर्थात् गोला प्रथाबाट पेशी तोक्ने प्रतिवेदन कार्यान्वयन नगरेको लगायत विषयमा जोडेर प्रधानन्यायाधीशको राजीनामा माग्ने आवाज बढिरहेको छ । न्यायालय जोगाउन प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने सर्वोच्चका वरिष्ठतम न्यायाधीशहरूको पनि निष्कर्ष छ ।

Logo