संवैधानिक कानुन व्यवसायी मञ्चले माग्यो प्रधानन्यायाधीशको राजीनामा

संवैधानिक कानुन व्यवसायी मञ्चले माग्यो प्रधानन्यायाधीशको राजीनामा


संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ ।  

नेतृत्व विवादमा परेको र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा समग्र न्याय प्रणालीमै असर पर्न गई जनताको न्यायको अधिकार प्रभावित हुन पुगेकोले राजीनामा गरी सहज निकासको लागि पहल गरिदिन मञ्चले माग गरेको हो ।

न्यायपालिकालाई स्वतःस्फूर्त रूपमा अघि बढ्न सक्ने वातावरण सिर्जना गर्न राणाले राजीनामा दिनु अनिवार्य रहेको मञ्चको निष्कर्ष छ ।

न्यायपालिकाको मर्यादामाथि थप आँच आउन नदिन, न्यायपालिकामाथिको जनआस्थालाई जोगाई राख्न तथा न्यायपालिकाको निरन्तर सुधारका लागि न्यायपालिका, यसको नेतृत्व, कानुन व्यवसायी सबै संवेदनशील हुनुपर्नेमा मञ्चले जोडसमेत दिएको छ ।

Logo