प्रधानन्यायाधीशले राजनीतिक लेनदेन गरेका हुन्: वरिष्ठ अधिवक्ता थापा

प्रधानन्यायाधीशले राजनीतिक लेनदेन गरेका हुन्: वरिष्ठ अधिवक्ता थापा


वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजनीतिक लेनदेन गरेका हुन भन्नेमा आफूहरू पुगेको बताएका छन् ।

नेपाल बार एशोसिएसन सल्लाहकार समितिको बैठक पछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश जबराले गरेका कामहरू न्यायसम्मत नभएको र पदमा बसिरहे न्याय सम्पादन अझ क्षतविक्षत हुने भन्दै तुरुन्त राजीनामा दिनुपर्ने समेत बताएका छन् । 

कानुन व्यवसायीहरू एक मतले प्रधानन्यायाधीश जबराको राजीनामाको पक्षमा रहेको पनि उनले उल्लेख गरे । जबरा प्रधानन्यायाधीश रहुन्जेल कानुन व्यवसायीहरूले बहस नगर्ने भन्दै उनले अदालत र न्याय प्रशासन नचलेमा त्यसको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्ने बताएका छन् । 

‘प्रधानन्यायाधीशले न्याय प्रशासनमा सम्पादन गरेका कुराहरू न्यायसम्मत भएनन्, न्याय प्रशासन उपयुक्त भएनन् भनेर उहाँको कार्य क्षमताको विषयमा हामीले छलफल गरेर निष्कर्ष निकालेर संविधानमा स्वतः आफैँ हट्ने व्यवस्था राजीनामा दिएर जाने छ । अहिलेको प्रधानन्यायाधीश फेरी बसिरहँदाखेरीको अवस्थामा न्याय सम्पादनमा गम्भीर क्षतविक्षत हुने र गम्भीर दिशाबाट न्याय विचलित हुने अवस्थामा सबै कानुन व्यवसायीहरू पुग्नुभएको छ । यसमा कुनै राजनीतिक दलले उठाएको कुरा पनि होइन । उहाँ प्रधानन्यायाधीश रहुन्जेलसम्म बहस गर्दैनौँ । यो कुरा बुझे हुन्छ ।’ उनले भने अदालत, न्याय प्रशासन चल्दैन । गतिरोधको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्दछ भन्ने हामीहरूको भएको छ । राजनीतिक लेनदेन प्रधानन्यायाधीशले गरेका हुन् भन्नेमा हामीहरू पुगेका छौँ । साँठगाँठ भएको तमाम कानुन व्यवसायीलाई लागेको छ ।’

Logo