१३ मंसिर २०७८ सोमबार

इजलासबाट उठेर प्रधानन्यायाधीश जबराले भने– मुद्दा हेर्न छाड्दिनँ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् । बुधवार पाँच वटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै भने, ‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु ।’

बुधवार सर्वोच्च अदालतका पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले अहिले देखिएका विवाद र प्रश्नबारे केही नबोल्ने उनले बताए । ‘सर्वोच्चका न्यायाधीशको मृत्युले शोकमा भएकाले आज केही भन्दिनँ, मेरा सबै कुरा भोलि राख्छु,’ प्रधानन्यायाधीश जबराले न्युज कारखानासँग संक्षिप्त कुराकानी गर्दै भने ।

प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरूले मुद्दाको सुनुवाइ बहिष्कार गरेका छन् । दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन । बुधवार प्रधानन्यायाधीश जबराले पाँच वटा मुद्दाको सुनुवाइ गरेर आदेश पनि दिएका छन् । उनले भोलि पनि निरन्तर मुद्दाको सुनुवाइ हुने बताए ।

निगरानी

प्रकाशित: १० कात्तिक २०७८ १३:२९ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी