१५ माघ २०७८ शनिबार
1
1
1

काेभिड-१९ : कुन-कुन देशलाई ट्रान्जिट बनाएर नेपाल आउन निषेध छ?

1
1
1
1
1
1
1
1
1

काेभिड-१९ काे नयाँ भेरियन्ट ओमिक्राेन फैलिएसँगै सरकारले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न आह्वान गरेकाे छ।

अध्यागमन विभागले यसअघि प्रतिबन्ध लगाइएका नौ देश र कोरोनाको उच्च जोखिम भएका अन्य मुलुकमा भ्रमणमा नजान भनेकाे हाे।

सरकारले ओमिक्रोन देखिएका मुलुक दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङबाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई १६ मंसिरदेखि नेपाल प्रवेशमा रोक लगाइसकेकाे छ। जुन निर्णय अहिले पनि यथावत् छ।

ती देशबाट नेपाल आउने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा सरकारले विशेष व्यवस्था गरेको छ। पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरि अनुमति दिने विभागले जनाएको छ। 

खोपको मात्रा पूरा नभएका वा खोपको मात्रा पूरा गरि १४ दिन नपुगेका नेपाली नागरिकको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएमा संस्थागत आइसोलेसनमा पठाइने र रिपोर्ट नेगेटिभ देखिएमा भने घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरि प्रवेश अनुमति दिइनेछ।

निगरानी

प्रकाशित: २९ पुष २०७८ ०८:४३ बिहीबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी