उपल्लो डोल्पाका सर्वसाधारण कोभिड–१९ विरुद्धकाे खोपबाट बञ्चित

उपल्लो डोल्पाका सर्वसाधारण कोभिड–१९ विरुद्धकाे खोपबाट बञ्चित


महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोपहरु उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन्। १२ वर्षदेखि १७ वर्षसम्म बालबालिकाले मोडर्ना खोप र १७ वर्षदेखि माथिका सर्वसाधारणले भेरोसेल, ६० वर्षमाथिका सर्वसाधारणले बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भएपनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले खोप लगाउन नपाउने भएका हुन्।

स्वास्थ्य सेवा कार्यालय डोल्पाले  माघ १० देखि माघ १३ गतेसम्म खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्वसाधारणलाई मात्र खोप लगाउन सूचना निकालेको छ। उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ। 

सीसीएमसीको बैठकले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णय गरिको थियो । सीसीएमसीले निर्णय गरेपनि उपल्लो डोल्पामा विद्यार्थीले यो समयमा पनि खोप नपाउने भएका हुन्। त्यस्तै खोप कार्ड नभएको व्यक्तिले माघ ७ बाट सरकारी सेवा लिन नपाउने निर्णयले उपल्लो डोल्पाका सर्वसाधारणले पीडित हुने भएका छन् । 

भारी हिमपातका कारण उपल्लो डोल्पाका सर्वसाधारणले कोभिडविरुद्धको खोप लगाउन पाएका छैनन् । उपल्लो डोल्पामा खोप लिएर तीन पालिकाका सर्वसाधारणलाई लगाउन नसक्ने अवस्था आएपछि यहाँका सर्वसाधारणहरु खोपविहिन बन्नु परेको हो । हिमपातका कारण उपल्लो डोल्पा बन्धक जस्तै भएको छ। बाटोभरि हिउँले पुरिदिएपछि कुनै पनि सेवा उपलल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् ।

त्यस्तै अन्य बालबालिकालाइ लगाइने नियमित खोप , सुरक्षित सुत्केरी सेवा कात्तिकदेखि फागुन मसान्तसम्म नै बन्द भएको छ। शे फोक्सुण्डो, छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिकाभित्रका सर्वसाधारणहरु घरको आँगनभरि हिउँले ५ महिना सदरमुकाम दुनै लगायतका देशका विभिन्न ठाउँमा जाने काम पुर्णरुपमा ठप्प हुने गर्दछ। त्यस्तै ती पालिकामा खटिने स्वास्थ्यकर्मी, महिला स्वंयमसेविकाले समेत खोप नपाएको निर्मित स्वास्थ्य सेवा व्यवस्थापक टेकबहादुर गुरुङले बताए। 

Logo