८ जेठ २०७९ आइतबार
1
1
1
1

बझाङमा जेठ १ गतेसम्म मदिरा निशेध

1
1
1
1
1
1

स्थानीय तहको निर्वाचन अवधिभर बझाङमा मदिरा निशेध गरिने भएको छ ।

निर्वाचन आचारसहिंता पालना गराउन र शान्ति सुरक्षालाई मध्यनजर गर्दै वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म जिल्लाभर मदिरा निशेध गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही यस्तो निर्णय गरिएको जनाइएको छ । 

चुनावी प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खलबल्याउने तथा निर्वाचन आचार सहिंताको उल्लंघनका घटना बढ्ने भएकोले मदिरा बिक्री वितरण तथा ओसारपोसारमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।
 

निगरानी

प्रकाशित: २२ बैशाख २०७९ ११:३५ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी