काठमाडौंबाट हराएका बालकको भारतको पटनाबाट उद्धार

काठमाडौंबाट हराएका बालकको भारतको पटनाबाट उद्धार


काठमाडौंबाट हराएका बालकको भारतको पटनाबाट उद्धार गरिएको छ । 

काठमाडौं महानगरपालिका–३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट असार १ गते हराएका बालक भारतको पटनामा फेला परेका हुन् ।असार १ गते बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । 

भाइ हराएपछि दाइ भरत रुवाली सार्कीले असार २ गते प्रहरी वृत्त नयाँबानेश्वरमा हुलियासहित निवेदन दिएका थिए । त्यसपछि खोजतलास गर्ने क्रममा बालक भारतको पटना पुगेको जानकारी आएको र भारतीय प्रहरीको समन्वय र सहयोगमा पटना रेल्वे स्टेशनबाट उद्धारगरी दाजु भरत रुवाली सार्कीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। 

Logo