बाफलमा २० वर्षीय युवकमाथि चक्कु प्रहार, दुई जना पक्राउ

बाफलमा २० वर्षीय युवकमाथि चक्कु प्रहार, दुई जना पक्राउ


काठमाडौंको नागर्जुन नगरपालिकास्थित बाफलमा एक जना विद्यार्थीमाथि चक्कु प्रहार भएको छ ।

कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानलाई दुई जनाले चक्कु प्रहार गरेका हुन् । उनले आफूमाथि चक्कु प्रहार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा ठाडो निवेदन दिएका थिए । खानलाई कालिमाटीको माछाबजारमा धनुषा फ्रेस हाउस सञ्चालन गरी बस्ने अशोक यादव र सन्तोष यादवले कुटपिट तथा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । पीडित खानले माछा पसलमा गएका बेला आफूमाथि बिना कारण कुटपिट र चक्कु प्रहार भएको ती युवकको आरोप छ ।

Skip This
Logo